Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचाररुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो

रुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो


एजेन्सी -रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ । रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दुतावासमा राखिएको झण्डा हटाइएको हो ।

झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरिदिएको समाचारमा जनाइएको छ । यसअघि उनीहरूले रुसको सेन्ट पिटर्सवर्गमा रहेको युक्रेनको कन्सुलेट जनरलमा समेत काम गर्न रोक लगाएका थिए ।

रुसले गत बिहीबारदेखि युक्रेनमा आक्रमण गर्न थालेको हो । आक्रमण अहिले पनि जारी रहेको छ । आक्रमण सुरु भएको पाँचौ दिनमा दुई पक्षका प्रतिनिधिका बीचमा वार्ता भएपनि सहमति हुन भने सकेको छैन ।

दुवै पक्ष आ आफ्नै अडानमा रहेकाले वार्ताले समाधान दिन नसकेको अधिकारीहरूले जानकारी दिएका छन् । विश्वका धेरै देशले युक्रेन माथी रुसले आक्रमण गरेकोमा आलोचना गरेका छन् । केही देशहरुले मात्रै रुसलाई समर्थन गरेका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन तनाव

तपाईको प्रतिक्रिया दिनुहोस