गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनले युद्ध लड्न सक्ने सबै कैदी रिहा गर्ने युक्रेनले युद्ध लड्न सक्ने सबै कैदी रिहा गर्ने दीप संञ्चार फागुन १६, २०७८ गते २१:४० मा प्रकाशित एजेन्सी -रूसी आक्रमणको प्रतिरोध गरिरहेको युक्रेनले जेलमा रहेका, तर युद्ध लड्न सक्ने सबै कैदीलाई रिहा गर्ने भएको छ । युद्धको पाँचौं दिनमा त्यहाँका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अनुभव भएका सबै दोषी कैदीहरूलाई जेलबाट युद्धमा पठाइने घोषणा गरेका हुन् ।पश्चिमा शक्ति र विशेषगरी अमेरिकाको कठपुतली बनेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबारदेखि युक्रेनविरुद्ध युद्ध छेडेका थिए । तर, युक्रेनी सेनाले प्रतिरोध जारी राख्दा र त्यहाँका सक्रिय उमेरका नागरिक पनि युद्धमा होमिँदा रूसले अझैसम्म युक्रेनका ठूला शहर कब्जा गर्न सकेको छैन ।रूसविरुद्ध लड्न युक्रेनले अन्तरराष्ट्रिय सहायता र समर्थन मागिरहेको छ । अमेरिका र पश्चिमा मुलुकले पनि हतियारसहित बन्दोबस्तीका सामान युक्रेनतर्फ पठाइरहेका छन् ।यसैबीच, बेलारूसँगको सीमामा यतिखेर रूस र युक्रेनका प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्तामा युक्रेनले रूसलाई तत्काल गोलाबारी बन्द गर्न र सेनालाई पछि हटाउन माग राखेको छ । रूसले भने वार्ताको तयारी हुँदैगर्दा आणविक हतियारलाई तयार राख्न सेनालाई निर्देशन दिएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप