Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : विश्व स्वास्थ्य संगठन

ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : विश्व स्वास्थ्य संगठन


एजेन्सी -विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नै अन्तिम नभएको चेतावनी दिएकी छन् । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भनिन्,‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रिमिङमा सोधिएको प्रश्नमा उनले सो जवाफ दिएकी हुन् ।

मारिका वेनले भनिन्, ‘हामी यस भाइरसको बारेमा धेरै जान्दछौ, तर सबै जान्दैनौ । स्पष्ट रुपमा भन्नुपर्दा यो भेरियन्ट वाइल्ड कार्ड हो । यसैले हामी रियल टाइममा भाइरस ट्रयाक गरिरहेका छौ । हामी यसको म्यूटेशन र यसमा आउने परिवर्तनको बारेमा लगातार ट्रयाक गरिरहेका छौ ।’

उनले भनिन्, ‘ओमिक्रोन भेरियन्ट अझै ताजा चिन्ताको विषय भएको छ । यो अन्तिम गम्भीर भेरियन्ट होइन, जसको बारेमा विश्व स्वास्थ्य संगठन बोलिरहेको छ । अघिल्लो भेरियन्ट पनि आउन सक्ने शंका गर्न सकिन्छ । यद्यपि, त्यहाँसम्म पुग्नका लागि केही समय लाग्नसक्छ । जुन किसिमबाट संक्रमणको दर बढिरहेको छ, दोस्रोतर्फ भेरियन्ट हुने सम्भावना अत्यन्त बढी छ ।’ उनले खोपको दायरलाई बढाउने मात्र होइन सबै नियमको पालना गर्नुपर्नेमा जोड दिइन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #breaking, #विश्व स्वास्थ्य संगठन

तपाईको प्रतिक्रिया दिनुहोस