गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कोभिडकै कारण १४ महिनादेखि आइसोलेसनमा छन् मुजाफ्फर कायसन कोभिडकै कारण १४ महिनादेखि आइसोलेसनमा छन् मुजाफ्फर कायसन दीप संञ्चार माघ २६, २०७८ गते १०:५८ मा प्रकाशित एजेन्सी -टर्कीका एक पुरुष कोभिडकै कारण १४ महिना आइसोलेसनमा बिताएका छन । सन् २०२० को नोभेम्बरमा पहिलो पटक कोभिड पोजेटिभ भएका उनलाई पटक पटक गरी ७८ पटक संक्रमण भएको छ ।५६ वर्षीय मुजाफ्फर कायसन विगत एक वर्षदेखि आफ्नो घर र अस्पतालमा सीमित छन् । उनी पहिल्यकै अवस्थामा फर्किन चाहन्छन् ।सन् २०२० को नोभेम्बरमा कोभिड भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनमा कोभिडको खराब लक्षण देखिएको थियो । भाइरस उनको स्वास्थ्य प्रणालीमा नै रहेको थियो । पहिलो पटक पोजेटिभ देखिएपछि गरेका हरेक परीक्षणमा पोजेटिभ देखिएको थियो, जसका कारण उनी अस्पताल वा घरमै आइसोलेसनमा बस्न बाध्य भएका थिए ।कायसन ल्युकेमियाका बिरामी हुन् । चिकित्सकहरुका अनुसार रोग प्रतिरोध क्षमता कमजोर भएकोले लामो समयसम्म उनको शरीररमा कोभिडको लक्षण देखिएको हो । उनको प्रतिरक्षा प्रणालीमा सुधार गर्न चकित्सकले उनलाई औषधि खान सुझाव दिँदै आएका छन् । तर, सो पक्रिया लामो र जटिल भएको बताइएको छ ।लामो समय एक्लै बस्दा उनको सामाजिक जीवन अस्तव्यस्त बनेको छ । उनी साथीभाईसँग बसेर बोल्न पाएका छैनन् । उनले आफ्नो छोरा र नातिनातिनालाई झ्यालबाट मात्र हेर्छन् । उनकी पत्नि र कान्छा छोरा मात्र उनीसँग बस्छन् ।मेरा प्रियजनहरुलाई छुन नपाउनुबाहेक मलाई कुनै समस्या छैन् । मेरो स्वास्थ्य समस्याका कारण खोप लगाउन पाएको छैन,’ कायसनले समाचार संस्था अनादोलुलाई भने ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर…पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण ८५३ तोला चाँदीसहित २ जना पक्राउ ताजा अपडेट दलीय दलदलमा फसेको आयोजना सबै उतार्ने प्रधानमन्त्रीको दाबी दिल्लीमा डा.आरजुको थाइराइडको शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? सुनको मूल्य बढ्यो, चाँदीको कति ? नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड (फोटो फिचर) आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल यस कारण शरीरमा निलो दाग बस्छ