Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त

ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त


एजेन्सी -क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरुको प्रदर्शनले राजधानी ओटावाको जनजीवन कस्टकर भएको बताउँदै प्रदर्शन बन्द गर्न आह्वान गरेका छन् । केही प्रदर्शनकारीको व्यवहारले क्यानडेली जनता ‘दुःखित र प्रष्ट रुपमा अपमानित भएको’ बताएका छन् । प्रदर्शनकारी तोडफोड र जातीय दुर्व्यवहारमा उत्रिएको विवरण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको आह्वान आएको हो ।

सरकारले ल्याएको कोभिड खोप प्रावधानको विरोधमा ट्रक चालकहरुले विरोध गर्दै आएका छन् । चालकहरुले ट्रक तेर्साउदा ओटावाको जनजीवन अस्तव्यस्त बनेको छ भने राजधानीमा आपतकाल घोषणा गरिएको छ ।

करिब दुई सातादेखि सडकमा जथाभावी राखिएका ट्रकहरुका कारण जनजीवन अस्तव्यबस्त हुनुका साथै स्थानीय व्यापार ठप्प छ । चालकहरुले निरन्तर हर्न बजाउदा स्थानीय मानिस क्रुद्ध बनेका छन् ।

यसैबीच ओटावाका न्यायाधीशले एउटा फैसला गर्दै चालकहरुले कम्तिमा १० दिन राजधानीमा हर्न बजाउन नपाउने निर्णय गरेका छन् । ट्रक चालकहरुको आन्दोलनमा अतिवादीको घूसपैठ हुन सक्नेतर्फ ओटावा प्रहरी सचेत बनेको छ । प्रदर्शनकारीले जातीय दुव्र्यवहार र समलिंगीप्रति अपमान गर्नुका साथै नेसनल वार मेमोरियलको एक अज्ञात सिपाहीको चिहानमा नाचेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस