Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारकोरोना भाइरस : अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो

कोरोना भाइरस : अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो


एजेन्सी -संयुक्त राज्य अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघेको छ।

अहिलेसम्म ७ करोड ४६ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा मात्रै कोरोनाले ९ लाख २ हजार २८ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

गत २४ घण्टामा मात्रै २ हजार ५ सय ७७ जनाको मृत्यु भएको हो। यस्तै २४ घण्टामा ४ लाख ६१ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

यस्तै १ लाख ८६ हजार सङ्क्रमण मुक्त भएसँगै अमेरिकामा मात्रै कोरोना जित्नेको सङ्ख्या ४ करोड ५६ लाख नाघेको छ।

अमेरिकामा अझै पनि २ करोड ८१ लाख ५० हजार सक्रिय सङ्क्रमित रहेकामा २५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था रहेको वल्डोमिटरले उल्लेख गरेको छ। अमेरिकामा अहिलेसम्म ८९ करोड ४० लाखको कोरोना परीक्षण भएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस