Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको माग मान्य छैन-अमेरिका

युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको माग मान्य छैन-अमेरिका


एजेन्सी -युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अमेरिकाले अस्वीकार गरेको छ ।

रसियाले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन रसियाको माग अस्वीकार गरेका हुन् । युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रसियाले छनौट गर्नुपर्ने उनले बताएका छन् ।

विदेशमन्त्री ब्लिनकेनको जबाफलाई आफूहरुले अध्ययन गर्ने रसियाका एक मन्त्रीले बताएका छन् । यसअघि नेटो सैन्य गठबन्धनको विस्तार र सुरक्षाका विषयमा रसियाले एउटा लिखित सूची नै जारी गरेको थियो । तीमध्ये युक्रेनमा नेटोको सम्भावित परिचालन रोक्नु पनि छ ।

पछिल्ला सातामा रसियाले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । यो तैनाथलाई अमेरिकालगायत उसका साझेदार राष्ट्रहरुले युक्रेनमाथिको सम्भावित अतिक्रमणका रुपमा लिएका छन् । यद्यपी, रुसले युक्रेनमा अतिक्रमण नगर्ने बताउँदै आएको छ ।

युक्रेनलाई नेटोलगायतका सुरक्षा गठबन्धनको हिस्सेदारमा छनौट हुने अधिकार भएको अमेरिकाले तर्क गदैै आएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन तनाव

तपाईको प्रतिक्रिया दिनुहोस