Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारघानामा भयंकर विष्फोट,१७ जनाको मृत्यु,कयौं घर ध्वस्त

घानामा भयंकर विष्फोट,१७ जनाको मृत्यु,कयौं घर ध्वस्त


एजेन्सी -घानाको यपिएट शहरमा भयंकर विष्फोट भएको छ । विष्फोटबाट कयौं भवनहरु भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।

सुनको खानीको रुपमा चिनिने शहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको बताइएको छ ।

स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विष्फोट भएको स्थानमा धुलो र धुवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।

घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #विष्फोट

तपाईको प्रतिक्रिया दिनुहोस