Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअस्ट्रेलिया : खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

अस्ट्रेलिया : खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना


एजेन्सी -अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ ।

सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो ।

अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ ।

माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस