Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारविश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख पुग्यो


एजेन्सी -विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ करोड ७१ लाख पुगेको छ ।

पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा २९ लाख ८९ हजार संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ करोड ७१ लाख १६ हजार पुगेको हो ।

हालसम्म २६ करोड २७ लाख ५ हजार जना संक्रमित निको भएका छन् भने ५५ लाख २९ हजार जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ५ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा अमेरिकामा ७ लाख १५ हजार, भारतमा २ लाख ४१ हजार, बेलायतमा एक लाख २९ हजार र इटलीमा एक लाख ९६ हजार छन् ।

त्यसैगरी स्पेनमा १ लाख ७९ हजार, फ्रान्समा ३ लाख ६१ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार र टर्कीमा ७७ हजार नयाँ संक्रमित थपिएका छन् ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार ९३, भारतमा ८५, रुसमा ७४५, फ्रान्समा २४६, इटलीमा ३१३, जर्मनीमा ३३१, टर्कीमा १४५, ब्राजिलमा १३८ र बेलायतमा ३९८ जना छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #Breakig, #corona

तपाईको प्रतिक्रिया दिनुहोस