Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारविश्व स्वास्थ्य संगठन : केही हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुनेछ

विश्व स्वास्थ्य संगठन : केही हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुनेछ


एजेन्सी -विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको बताएका हुन् ।

 

सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ सङ्क्रमित थपिएको आधार यो प्रक्षेपण गरिएको उनको भनाइ छ । दुई हप्ताको अन्तरमा सङ्क्रमितको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । डा क्लुगका अनुसार सियाटलमा आधारित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले युरोपका ५० प्रतिशत जनसङ्ख्या आगामी ६ देखि ८ हप्तामा ओमिक्रोनबाट सङ्क्रमित हुने पूर्वानुमान गरेको छ ।

पछिल्ला अध्ययनले ओमिक्रोनले मानिसहरूलाई गम्भीर बिरामी बनाउने सम्भावना काम रहे पनि यसअघिका भेरियन्टभन्दा यो निकै सङ्क्रामक रहेको पाइएको छ । पूर्ण मात्रा खोप लगाएका मानिसहरूलाई पनि यसले सङ्क्रमित बनाउन सक्ने बताइएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस