Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारराष्ट्रपति सीद्वारा शताब्दीको ऐतिहासिक अनुभवलाई अझ राम्ररी बुझ्नुपर्नेमा जोड

राष्ट्रपति सीद्वारा शताब्दीको ऐतिहासिक अनुभवलाई अझ राम्ररी बुझ्नुपर्नेमा जोड


एजेन्सी – चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गरेका छन् ।

विगत शताब्दीको पार्टीको ऐतिहासिक अनुभवको सदुपयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलमा प्रान्तीय र मन्त्रीस्तरीय अधिकारीहरूको उपस्थितिमा आयोजित अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् । -सिन्ह्वा


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस