Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारचीनको वुहानमा पहिलो पटक कोभिड देखिएको त्यो दिन

चीनको वुहानमा पहिलो पटक कोभिड देखिएको त्यो दिन


एजेन्सी – आज चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिन

सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोभिड १९ नाम दिएको थियो ।

विभिन्न भेरियन्टमा देखिएको कोभिड विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ । विभिन्न देशमा कोभिडका विभिन्न लहर देखिएका छन् ।

बेलायत र फ्रान्समा क्रमशः चौंथो र पाँचौं लहर देखिएका छन् । कोभिडका कारण पछिल्लो समय युरोप र अमेरिका नराम्रोसँग प्रभावित छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीले झन बिकराल रुप लिएको विज्ञहरुले बताएका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस