Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारकोरोनाको हटस्पट बन्यो चीनको सियान सहर, ३८ दिनको शिशुलाई पनि कोरोना

कोरोनाको हटस्पट बन्यो चीनको सियान सहर, ३८ दिनको शिशुलाई पनि कोरोना


एजेन्सी-चीनमा ३८ दिनको एक शिशुलाई पनि कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कोभिडको मुख्य केन्द्रबिन्दु बनेको देशको उत्तरपश्चिम क्षेत्रस्थित सियान सहरका शिशुलाई संक्रमण भएको हो ।

पछिल्लो २४ घन्टामा सियानमा एकैदिन १७५ जनामा कोभिड देखिएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सियान सहरमा संक्रमित हुनेहरुमध्ये ३८ दिनका शिशु सबैभन्दा कम उमेरका हुन् । त्यस्तै, ८५ वर्षीय एक बृद्धा पनि संक्रमित भएका छन् ।

सियानमा लगातार तेस्रो दिन एक सय भन्दाबढी संक्रमित भेटिएका छन् । संक्रमण बढेसँगै सियान सहरमा यात्रा प्रतिबन्ध लगाइएको छ भने कोभिड परीक्षण तीव्र पारिएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #corona

तपाईको प्रतिक्रिया दिनुहोस