Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारओमिक्रोन भेरियन्ट : फ्रान्समा अहिलेसम्मकै धेरैमा संक्रमण पुष्टि

ओमिक्रोन भेरियन्ट : फ्रान्समा अहिलेसम्मकै धेरैमा संक्रमण पुष्टि


एजेन्सी -फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फ्रान्ससहित युरोपका देशमा तीव्र गतिमा फैलिइरहेको छ ।

मंगलबार फ्रान्समा एक लाख ७९ हजार ८०७ जनाका संक्रमण पुष्टि भएको हो । युरोपका इटाली, ग्रीस,पोर्चुगल र इंग्ल्याण्डमा पनि दैनिक संक्रमितको संख्या अधिक देखिएको छ ।

क्रिसमसको समय परेकाले अघिल्ला दिनहरुको पनि तथ्यांक रिपोर्ट गर्न बाँकी रहेको हुन सक्ने भएकाले दैनिक संक्रमितको संख्या अधिक देखिएको हुन सम्ने पनि बताइएको छ ।

अध्ययनले ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा गम्भीर बिरामी पार्ने सवालमा कमजोर रहेको देखिएको छ । ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरु गम्भीर बिरामी पर्ने सम्भावना ३० देखि ७० प्रतिशत कम रहेको अध्ययनले देखाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #Breakig, #corona

तपाईको प्रतिक्रिया दिनुहोस