Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारजोर्डनको संसद् भवनमा सांसदहरुबीच कुटाकुट

जोर्डनको संसद् भवनमा सांसदहरुबीच कुटाकुट


एजेन्सी -जोर्डनको संसद् भवनमा सत्ता पक्ष र विपक्षी सांसदहरुबीच विवाद चर्किएपछि हात हालाहाल र कुटाकुट भएको छ । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको हो ।

संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए ।

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की भएको थियो ।

त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । ‘संसद्मा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस