Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्यो १६ वटा ब्यालेस्टिक मिसाइल

इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्यो १६ वटा ब्यालेस्टिक मिसाइल


एजेन्सी

इरानले आफ्नो सैन्य अभ्यासनको अन्तिम दिन इजरायललाई चेतावनी दिन १६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार इरानी सैन्य बल प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले भनेका छन्, ‘हालका दिनहरुमा यहूदी शासनले जुन खतरा उत्पन्न गराएको छ, त्यसको जवाफ दिन यो अभ्यास गरिएको हो।’

उनले लक्ष्य निर्धारित गरेर १६ वटा मिसाइल प्रहार गरिएको भन्दै यस अभ्यासका क्रममा इरानसँग आक्रमणकारी देशलाई ध्वस्त पार्न सक्ने सयौँ मिसाइल रहेको बताएका छन् ।

यसैबीच इरानी रिभोल्युशनरी गार्ड कोर्प्सका प्रमुख मेजर जनरल हुसैन सलामीले यो सैन्य अभ्यास यहूदी शासनलाई चेतावन िदिन आयोजना गरिएको भन्दै केही चुक भए उसको घाँटी काटिदिने बताएका छन् ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस