गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कैदीको भेषमै अदालत पुगिन् नेतृ सुकी कैदीको भेषमै अदालत पुगिन् नेतृ सुकी दीप संञ्चार पुस ५, २०७८ गते १८:२० मा प्रकाशित काठमाडौँगत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी वर्माकी नेतृ आङ सान सुकी कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । आफूमाथि लागेका आरोपबारे सुनुवाईका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सूचीले सेतो टप र खैरो लुगी लगाएकी थिइन् । यो पोसाक बर्मामा आमबन्दीले लगाउँछन् ।कैदीको भेषमा सुकी अदालत पुगेको यो पहिलो पटक हो । सैन्य सरकारविरुद्ध उजेजक अभिव्यक्ति दिएको र कोभिडसम्बन्धी नियम पालना नगरेको आरोपमा त्यहाँको अदालतले उनलाई दुई वर्ष जेल सजाँय तोकेको छ ।गत फेब्रुवरीमा नागरिक सरकारलाई पदच्युत गरी सेनाले सत्ता लिएपछि बर्मामा राजनीतिक संकट निम्तिएको छ । सेनाको कदमको विरोधमा देशव्यापी प्रदर्शन भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा सेनाको जुन्ता सरकारले १३ हजार जनाको हत्या गरेको विभिन्न अध्ययन प्रतिवेदनमा दर्शाइएको छ ।जेलभित्र कैदीहरुलाई पनि सेनाले अमानवीय व्यवहार गरेको अधिकारवादीहरुले बताउँदै आएका छन् । हालै सार्वजनिक भएको एउटा विवरणमा सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको छ । सेनाले जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या गरेको जनाइएको छ ।सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको थियो । हत्यापछि उनीहरुलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियो । विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । त्यस्तै, सोही जिल्लाको अर्को एक गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेका छ । -एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला