Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारफिलिपिन्समा आँधीमा परेर ८० भन्दा बढीको मृत्यु

फिलिपिन्समा आँधीमा परेर ८० भन्दा बढीको मृत्यु


काठमाडौँ

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्याउने प्रयासहरू बढ्दै गएको छ।

राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दा बढी मानिसहरू आफ्नो घर र समुद्र तटको रिसोर्टहरू छोडेर भागेका थिए।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ। बिजुलीका पोलहरू ढलेका छन् र गाउँहरू बाढीमा परेका छन्। राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर ९१२( माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो । सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन्।

कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपतकालीन सेवाहरूले चन्दाको लागि अपील गरेका छन्। बोहोलका केही भागहरूमा भएको क्षतिको हवाई सर्वेक्षण गरिएको छ । -एएफपी


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस