Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारविश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३९ हजार संक्रमित थपिँदा ५ हजारको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३९ हजार संक्रमित थपिँदा ५ हजारको मृत्यु


काठमाडौँ

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३९ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ९० हजार ४१८, अमेरिकामा ७१ हजार ४०४, फ्रान्समा ५८ हजार ५३६, जर्मनीमा ३० हजार ९५३, इटलीमा २८ हजार ६४, रुसमा २७ हजार ४३४ र पोल्याण्डमा १९ हजार ३९७ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा ४ लाख २० हजार ३८६ जना कोरोनामुक्त भएका छन् भने ५ हजार ५८ जना संक्र्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुनेमा जर्मनीमा ४४ हजार ७००, बेलायतमा ४४ हजार १९५, रुसमा ३८ हजार ४१, अमेरिकामा ३१ हजार ८९७, फ्रान्समा ३१ हजार ४८६, टर्कीमा २५ हजार ५६८ र पोल्याण्डमा २६ हजार ९२ जना छन् ।

कोरोनाबाट मृत्यु हुनेका दैनिक संख्या रुसमा एक हजार ७६ जना रहेका छन् । यसैगरी अमेरिकामा ४४३, जर्मनीमा २३०, टर्की १९१, ब्राजिलमा १३७ र बेलायतमा १२५ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस