Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारचीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षमा निधन

चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षमा निधन


काठमाडौँ

चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ ।

स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो । उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उनी सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएका थिए ।

निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ‘उहाँ सधैँ हाँसी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो’ उनका एक आफन्तले भने । उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो । –सिन्ह्वा


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस