Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारफिलिपिन्समा सुपर टाइफुनकारण हजारौं घरबारविहिन

फिलिपिन्समा सुपर टाइफुनकारण हजारौं घरबारविहिन


काठमाडौँ

फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ आएपछि बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका छन् ।

आँधी आएको यस अवस्थामा ११५ प्रति घण्टाको अधिकतम निरन्तर हावा चलेको थियो । हावाको गति १९५ किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने चेतावनी दिइएको छ । हावाको यस गतिमा आएमा यसवर्षको सब भन्दा शक्तिशाली आँधी हुने एजेन्सीले जनाकारी दिएको छ ।

प्रशान्त महासागरमा आएको यस आँधीका कारण ४५ हजार भन्दा बढी धेरै मानिसले आफ्नो आश्रयस्थल खोजी गरेको राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ । शनिबारसम्म साउथ चाइना सागर माथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, र मिन्डानाओ र पलावान टापुहरू पार गर्दा थोरै कमजोर हुने अपेक्षा गरिएको छ ।

प्रत्येक वर्ष फिलिपिन्स औसत २० ओटा आँधीबेहरी र टाइफुनहरूबाट प्रभावित पारेको पाइन्छ । यसले सामान्यतया पहिले नै गरिब क्षेत्रहरुमा रहेका पसल, घरहरू र पूर्वाधारहरू नष्ट गर्ने गरेका छन् ।- एएफपी


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस