Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारखुल्यो अष्ट्रेलियाको सीमा

खुल्यो अष्ट्रेलियाको सीमा


काठमाडौँ

अष्ट्रेलियाले विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि आजदेखी अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ ।

प्रधानमन्त्री स्कट मोरिसन र स्वास्थ्यमन्त्री गे्रग हन्टले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएका हुन् ।

अष्ट्रेलियाली मन्त्रिपरिषद् र प्रमुख चिकित्सा सल्लाहकारको सुझाव अनुसार तत्काललाई सीमा खुला गर्ने निर्णय भएको जनाइएको छ ।

यसअघि त्यहाँको संघीय सरकारले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलन थालेसँगै डिसेम्बर १ देखि १५ सम्म लगाइएको सीमा बन्दलाई थप विस्तार गर्न सकिनेबारे बताएको थियो ।

अष्ट्रेलिया प्रवेश गर्न चाहनेले कोभिड–१९ विरुद्ध त्यहाँको सरकारले अनुमति दिएका खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र पीसीआरको नेगेटिभ रिपोर्टलाई अनिवार्य गरिएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस