गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ किन चीनको शिकार बने हङकङका यी ‘मिडिया टाइकुन’ किन चीनको शिकार बने हङकङका यी ‘मिडिया टाइकुन’ दीप संञ्चार मंसीर २८, २०७८ गते १०:३५ मा प्रकाशित काठमाडौँ हङकङ आधिकारिक रूपमा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र रूपमा चिनिन्छ । त्यही भएर चीन विरोधी गतिविधि गर्ने जोकोही पनि हङकङमा दोषको भागिदार हुन्छन् । पछिल्लो पटक यस्तै भागिदार बनेका छन हङकङका सञ्चार टाइकुन जिम्मी लाई । हङकङको एक अदालतले उनलाई १३ महिना जेल सजाय तोकेको छ ।ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो । जिम्मीसँग दोषी ठहर भएका अन्य दुई जनालाई पनि अदालतले सोही सजाँय सुनाएको छ ।गैरकानुनी सभामा सहभागी भएको र उत्तेजना फैलाएको आरोपमा लाइसँगै जाइनेथ हो र चोउ हाङलाई तीन दिनअघि अदालतले दोषी ठहर गरेको थियो । सन् १९८९ मा बेइजिङको ताइनामेन स्क्वायरमा भएको प्रहरी दमनमा मारिएका व्यक्तिको स्मरणमा आयोजित वार्षिक कार्यक्रममा सहभागी हुन उनीहरु तीनै जना यही जुनमा ताइनामेन स्क्वायर पुगेका थिए । हङकङ सरकारको प्रतिबन्धबीच उनीहरु श्रद्धान्जली कार्यक्रममा सहभागी भएका थिए ।कार्यक्रममा सहभागी भएको आरोपमा अदालतले दोषी ठहर गरेका उनीहरु पछिल्ला तीन व्यक्ति हुन् । वार्षिक कार्यक्रममा सहभागी भएको आरोपमा अहिलेसम्म दुई दर्जनभन्दा बढी राजनीतिज्ञ र कार्यकर्तालाई दोषी ठहर गरिएको छ । ती सबैलाई चीनको ठाडो आदेशमा हङकङ सरकारले पक्राउ गरेको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप