गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतमा ६ घण्टा बसेर के-के सम्झौता गरे पुटिनले ? भारतमा ६ घण्टा बसेर के-के सम्झौता गरे पुटिनले ? दीप संञ्चार मंसीर २१, २०७८ गते ६:५९ मा प्रकाशित काठमाडौँ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर भएको भारतले जनाएको छ ।भारतले यो भ्रमण ‘छोटो तर महत्वपूर्ण’ भएको बताएको छ ।रुसी राष्ट्रपति पुटिनले सोमबार भारत भ्रमण गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । यो भ्रमणमा उनी भारतमा मात्र ६ घण्टा बसे ।परराष्ट्र सचिव हर्षवर्धन श्रृङ्लाले राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच भएको कुराकानीको जानकारी दिए।परराष्ट्र सचिव श्रृङ्लाले भने, ‘राष्ट्रपति पुटिनको भ्रमण छोटो तर निकै महत्वपूर्ण र सम्बन्धलाई मजबुत बनाएको छ । यस क्रममा धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको थियो ।’उनले दुई देशका नेताबीच राम्रो छलफल भएको र त्यसमा द्विपक्षीय व्यापार र लगानीजस्ता विषयले विशेष स्थान पाएको बताए ।भ्रमणको महत्व बताउँदै उनले भने, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो वार्षिक सम्मेलनमा भाग लिने निर्णयले उनले द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको व्यक्तिगत सम्बन्धलाई कत्तिको महत्त्व दिन्छन् भन्ने देखाउँछ।’उनले भने, ‘प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई विशेष गरी कोभिडको समयमा रूसमा बस्ने भारतीय समुदायको हेरचाह गरेकोमा धन्यवाद दिए।’श्रृङ्लाले भारतले रुसको तेल र ग्यासलगायत पेट्रोकेमिकल क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप