गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतमा पनि भेटियो ओमिक्रोन, नेपालमा त्रास भारतमा पनि भेटियो ओमिक्रोन, नेपालमा त्रास दीप संञ्चार मंसीर १६, २०७८ गते १८:२३ मा प्रकाशित काठमाडौँ दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि भएको छ।सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको छ। भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो।सरकारका एक अधिकारीका अनुसार ती सङ्क्रमित व्यक्तिहरू दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् । उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण “सङ्क्रमण हुन सक्ने उच्च जोखिम” भएको बताएको छ।भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जनाको र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङका लागि पठाइएको थियो। ती परीक्षणको परिणाम अझै आइसकेको छैन। अरू सहरमा पनि ओमिक्रोनको परीक्षण सुरु गरिएको छ।यता, नेपालमा अहिलेसम्म ओमिक्रोन भेटिएको पुष्टि भएको छैन। तर। कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोनाभाइरसको जीन सीक्वन्सिङ कार्यलाई ‘पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको’ अधिकारीहरूले बताएका छन्।नेपालले पनि ओमिक्रोन भित्रिन सक्ने भन्दै दक्षिण अफ्रिकाबाट नेपाल आउनेहरूमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ।(बीबीसी)क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न