Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारभारतमा पनि भेटियो ओमिक्रोन, नेपालमा त्रास

भारतमा पनि भेटियो ओमिक्रोन, नेपालमा त्रास


काठमाडौँ

दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि भएको छ।

सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको छ। भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो।

सरकारका एक अधिकारीका अनुसार ती सङ्क्रमित व्यक्तिहरू दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन् । उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण “सङ्क्रमण हुन सक्ने उच्च जोखिम” भएको बताएको छ।

भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जनाको र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङका लागि पठाइएको थियो। ती परीक्षणको परिणाम अझै आइसकेको छैन। अरू सहरमा पनि ओमिक्रोनको परीक्षण सुरु गरिएको छ।

यता, नेपालमा अहिलेसम्म ओमिक्रोन भेटिएको पुष्टि भएको छैन। तर। कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोनाभाइरसको जीन सीक्वन्सिङ कार्यलाई ‘पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको’ अधिकारीहरूले बताएका छन्।

नेपालले पनि ओमिक्रोन भित्रिन सक्ने भन्दै दक्षिण अफ्रिकाबाट नेपाल आउनेहरूमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ।(बीबीसी)


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस