Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारबेलायती गुप्तचर प्रमुखले भने – बेलायतका लागि चीन, रुस र इरान खतरा

बेलायती गुप्तचर प्रमुखले भने – बेलायतका लागि चीन, रुस र इरान खतरा


काठमाडौँ

बेलायती गुप्तचर एजेन्सी एमआई ६ का प्रमुख रिचर्ड मूरले अहिले बेलायती गुप्तचर निकायका लागि चीन, रुस, इरान र आतंकवाद चारवटा प्रमुख खतरा रहेको बताएका छन् ।

सम्भवतः यो पहिलो पटक बेलायती गुप्तचर प्रमुखले सार्वजनिक रूपमा यस्तो बयान दिएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार, मूरले भनेका छन्, ‘रुस, चीन र इरान लामो समयदेखि गुप्तचर निकायका लागि चुनौती रहेको छ । चौथो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अतिवाद रहेको छ।’

चिनियाँ गुप्तचको बारेमा टिप्पणी गर्दै मूरले ठूला अपरेशनहरू गर्न भएको दाबी गरेका थिए ।

उनले भने, ‘चिनियाँ गुप्तचर धेरै सक्षम छन्, बेलायत र हाम्रा सहयोगीहरू विरुद्ध व्यापक जासुसी अभियानहरू सञ्चालन गर्न जारी राख्छन्। यी अभियानहरू सरकारहरू र उद्योगमा काम गर्नेहरूचिनियाँ सरकारको चासोका विषयहरूमा अनुसन्धान गर्नेहरू विरुद्ध चलाइन्छ।’

चिनियाँ गुप्तचर एजेन्सीहरूले चीनबाहिर बस्ने चिनियाँ नागरिकमाथि निगरानी राखेर थप दबाब दिने प्रयास गरेको पनि मुरले बताएका छन्।एजेन्सी


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस