Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारइमरान खानले भने देश चलाउने पैसा छैन

इमरान खानले भने देश चलाउने पैसा छैन


काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउने पैसा नभएको बताएका छन् । इस्लामावादमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाकिस्तानको आर्थिक संकट बढेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले देश सञ्चालन गर्न पैसा नभएकाले ऋण लिनुपरेको बताए । ऋणका कारण पाकिस्तानको आर्थिक विकासमा अवरोध भएकोसमेत उनको टिप्पणी छ । उनले भविष्यमा आवश्यक पर्ने वस्तु खरिदका लागि रकम अभाव भएको उनको भनाइ छ ।

प्रधानमन्त्री खानले पाकिस्तानमा कर संस्कृति नभएकाले पनि समस्या भएको बताएका छन् । उनले कर छलीका कारण देशको आन्तरिक आम्दानी नभएको भन्दै कर संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले उपनिवेश कालमा बाह्य राष्ट्रलाई कर नदिने बानी परेकाहरुले अहिले पनि कर नदिएको उनको भनाइ छ । उनले स्वतन्त्रापछि शासन गर्ने शासक वर्गले पनि कर संस्कृति विकास गर्न नसकेको बताए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस