Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिकाले लोकतन्त्र सम्मेलनमा ताइवानलाई डाकेपछि चीन क्रुद्ध

अमेरिकाले लोकतन्त्र सम्मेलनमा ताइवानलाई डाकेपछि चीन क्रुद्ध


काठमाडौँ

अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ताइवानलाई आमन्त्रण गरेपछि चीन क्रुद्ध बनेको छ । ताइवानलाई चीनले आफ्नै भएको दाबी गर्छ भने अमेरिकालगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भड्काउन ताइवान मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयमले ताइवानलाई स्वतन्त्र देशको मान्यता दिएको छैन ।

डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन । आफूले दाबी गरिरहेको ताइवानलाई चाहिँ सम्मेलनमा सहभागी हुन निम्तो पठाएपछि ह्वाइटहाउसँग बेइजिङ थप भड्किएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले भर्चुअल सम्मेलनमा ११० सहभागीहरूलाई निम्तो पठाएको छ । ताइवानलाई पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले निम्तो गरेका हुन् ।

चीनको स्टेट काउन्सिल ताइवान अफेयर्स कार्यालयले सो सम्मेलनमा अमेरिकाले ताइवानलाई निम्त्याउनु एक गल्ती भएको र अमेरिकाले यस्तो गल्ती दोहोर्याइरहेको उल्लेख गरेको छ । ताइवान द्विपबारे हुने कुनैपनि आधिकारिक कुराकानीको विरुद्धमा आफू रहेको पनि चिनियाँ अधिकारीहरूले बताएका छन् ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस