Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारकंगोमा ८ जना चिनियाँ नागरिकको अपहरण

कंगोमा ८ जना चिनियाँ नागरिकको अपहरण


काठमाडौँ

प्रजातान्त्रिक गणतन्त्र कंगोमा ८ जना चिनियाँ नागरिक हतियारधारी समूहबाट अपहरणमा परेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार दक्षिणपूर्वी क्षेत्रस्थित एक सुन खानीबाट चिनियाँहरू अपहरणमा परेका हुन्।

यस क्रममा हतियारधारी समूह र सेनाबीच झडपसमेत भएको थियो । जहाँ एक सैनिक मारिएको बताइएको छ । दक्षिणी किभु प्रान्तको मुकेरा गाउँमा आइतबार यस्तो घटना भएको बताइएको छ ।

तर हतियारधारी समूहबारे कुनै पहिचान भएको छैन । एएनआईका अनुसार चिनियाँ खानी कम्पनीहरू र स्थानीय अधिकारीबीच पहिलेदेखि नै तनाबपूर्ण सम्बन्ध रहँदैआएको छ । जहाँ केही कम्पनीले इजाजतपत्र बिना गैरकानुनी रूपमा खानी सञ्चालन गरिरहेका छन्।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस