गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ तालिबानद्वारा काबुलमा अमेरिकाले छाडेका हतियारहरु प्रदर्शन तालिबानद्वारा काबुलमा अमेरिकाले छाडेका हतियारहरु प्रदर्शन दीप संञ्चार कात्तिक ३०, २०७८ गते ९:२२ मा प्रकाशित काठमाडौँ तालिबानले अफगानिस्तानको राजधानी काबुलमा हतियार प्रदर्शन गरेको छ । तालिबानले अमेरिकी सेनाबाट नियन्त्रणमा लिइएका तथा स्वदेश फर्किनुअघि अमेरिकाले नै छोडेका हतियार प्रदर्शन गरेको हो ।२५० जना तालिबान सेनालाई तालिम प्रदान गरेपछि हतियार प्रदर्शन गरिएको रक्षा मन्त्रालयका प्रवत्ता इन्यातुल्लाह खवाराजमीले जानाकारी दिए ।सैन्य अभ्यासमा अमेरिकामा निर्मित एम ११७ बख्तरबन्द गाडीलाई काबुलका सडकमा गुडाइएको थियो । सो अवसरमा अधिकांश तालिवान लडाकुले अमेरिकामा निर्मित एम ४ राइफल बोकेका थिए ।तालिबान फौजले अहिले प्रयोग गरेका अधिकांश हतियार अफगानिस्तानमा यसअघिको सरकारलाई अमेरिकाले सहयोग स्वरुप प्रदान गरेको थियो । अफगान फौजलाई तालिबानबिरुद्ध लड्न अमेरिकाले पूर्वराष्ट्रपति असरफ गनी नेतृत्वको सरकारलाई अत्याधुनिक हतियार उपलब्ध गराएको थियो ।त्यस्तै, तालिमका अवसरमा तालिबानले रसियाली हेलिकोप्टरहरु पनि प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेको थियो ।तालिवान सत्तामा आएपछि महिला र बालिकाहरुको अधिकार खोसिएको छ । महिलालाई अझै पनि विद्यालय जान अनुमति दिइएको छैन् । त्यस्तै, तालिवानले सत्ता कब्जा गर्दा घरमै बसेका सरकारी कर्मचारीमध्ये महिला कर्मचारी अझै नियमित काममा फर्किन पाएका छैनन् ।तालिबान सरकारमा महिलाको सभागीता शून्य छ । तालिबानले महिला मन्त्रालय खारेज गरिदिएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न