गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इक्वेडरको जेलमा कैदीबन्दीबीच हानाहान हुँदा ६८ जनाको मृत्यु इक्वेडरको जेलमा कैदीबन्दीबीच हानाहान हुँदा ६८ जनाको मृत्यु दीप संञ्चार कात्तिक २८, २०७८ गते ७:३१ मा प्रकाशित काठमाडौँइक्वेडरमा एउटा कारगारमा कैदीबन्दीहरुबीच ठूलो झडप भएको छ। उक्त झडपमा कम्तीमा ६८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।बीबीसीका अनुसार दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते छन्। उक्त कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको थियो ।कारागारभित्र झडप बढ्नुको मुख्य कारण लागुऔषध तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ । तस्कर समूहका एक नाइकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका गभर्नर पाब्लो एरोजमेनाले एउटा पत्रकार सम्मेलनमा जानाकारी दिए ।कारागारको एउटा ब्लकको नाइकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो । झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो । जेलभित्र ठूला बिस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ । झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप