Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ढाँटेको फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँको आरोप

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ढाँटेको फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँको आरोप


काठमाडौँ

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो कुरा बोलेको आरोप लगाएका छन्।

के मोरिसनले असत्य बोलेका हुन् भन्ने लाग्छ भनेर सोधिएको एउटा प्रश्नमा उनले भने, ‘मलाई लाग्ने हैन, मलाई थाहा नै छ।’

अस्ट्रेलियाले बाह्रवटा पनडुब्बी निर्माण गर्ने झन्डै ३७ अर्ब डलरबराबरको सम्झौता रद्द गरेर संयुक्त राज्य अमेरिका र यूकेसँग नयाँ रक्षा सम्झौता ‘ओकसु मा सहभागी भएपछि माक्रोँ क्रुद्ध भएका हुन्।

तर आफूले बेइमानी नगरेको मोरिसनको दाबी छ।

गत सेप्टेम्बरमा उक्त विवाद सुरु भएपछि माक्रोँ र मोरिसनबीच पहिलो पटक जी२० शिखर सम्मेलनमा भेट भएको थियो।

रोममा आयोजित सम्मेलनको छेकोमा राष्ट्रपति माक्रोँलाई अस्ट्रेलियाका एक पत्रकारले के उनी मोरिसनलाई पुनः विश्वास गर्न सक्छन् भनेर सोधेका थिए।

‘उनी के गर्छन् त्यो हामी हेर्नेछौँ, माक्रोँले भने।

‘तपाईँको देशप्रति मेरो ठूलो सम्मान छ। तपाईँका देशका जनताप्रति मेरो धेरै सम्मान र धेरै मित्रता छ। मे के भन्छु भने सम्मान हुँदा हामी सत्यनिष्ठ हुनुपर्छ र सधैँ त्यही मूल्यमान्यताअनुरूप व्यवहार गर्नुपर्छ।’बिबिसी नेपाली


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस