Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारबोलिभियाको लापाजमा सावरी दुर्घटना हुँदा १२ जनाको मृत्यु

बोलिभियाको लापाजमा सावरी दुर्घटना हुँदा १२ जनाको मृत्यु


काठमाडौँ –

बोलिभियाको लापाजमा सावरी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो दुर्घटनामा भएको बताइएको छ ।

बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् । मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले दुई सवारी साधन एक आपसमा ठोक्किन पुग्दा सो दुर्घटना भएको बताएको छ । यसक्रममा अरु दुई जना नराम्ररी घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस