Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअर्को हप्तादेखि फेसबुकको नाम परिवर्तन हुने

अर्को हप्तादेखि फेसबुकको नाम परिवर्तन हुने


काठमाडौँ –

विश्व चर्चित सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने तयारी गरेको छ ।

आगामी अक्टोबर २८ मा आफ्नो वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका सिइओ मार्क जुकरबर्गले आफ्नो कर्पोरेट नाम परिवर्तन गर्ने तयारी गरेको बताइएको छ ।

त्यो सँगै फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्ने बुझिएको छ ।

पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ ।

यसअघि आफ्नो कम्पनी नाम परिवर्तन गर्ने क्रममा गुगलले सन् २०१५ मै मातृ कम्पनीको रुपमा अल्फाबेट खडा गरी सोही मातहत रहेको छ । त्यस्तै स्नापच्याटले सन् २०१६ मा आफुलाई स्नाप इंकको रुपमा रिब्राण्ड गरेको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस