गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने दीप संञ्चार असोज २२, २०७८ गते १४:२० मा प्रकाशित काठमाडौँ –अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । दुई देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल वैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे दुई देशबीच तनाब बढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो ।भर्चुअल वैठक बस्ने विषयमा दुई देशका नेताबीच सहमति बनेको ह्वाईटहाउसका अधिकारीले बताएका छन् ।राष्ट्रपति बाइडेनले ताइवानका विषयमा आफूले राष्ट्रपति सीसँग छलफल गरेको बताइसकेका छन् । हालै मात्र ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ सेनाको दर्जनौं विमान उडेका थिए ।ताइवानवारे मैले राष्ट्रपति सीसँग छलफल गरेको छु,’ बाइडेनले भने, ‘हामी ताइवान सम्झौताप्रति प्रतिबद्ध छौं ।’ताइवानले आफ्नो सुरक्षा क्षेत्रमा १५० चिनियाँ जहाजले ताइवानी हवाई क्षेत्रको अतिक्रमण गरेकोे बताउँदै आएको छ । ताइवानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा ती जहाज उडाइएका थिए । ताइवानलाई बेइजिङले छुट्टिएर बसेको आफ्नै प्रान्त मान्छ । तर, ताइवानले आफूलाई सार्वभौम राष्ट्र ठान्छ ।ताइवानको सुरक्षा क्षेत्रमा चीनको अतिक्रमणको अमेरिकाले बिरोध गरेको छ । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ