Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने

अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने


काठमाडौँ –

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । दुई देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल वैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे दुई देशबीच तनाब बढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो ।

भर्चुअल वैठक बस्ने विषयमा दुई देशका नेताबीच सहमति बनेको ह्वाईटहाउसका अधिकारीले बताएका छन् ।

राष्ट्रपति बाइडेनले ताइवानका विषयमा आफूले राष्ट्रपति सीसँग छलफल गरेको बताइसकेका छन् । हालै मात्र ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ सेनाको दर्जनौं विमान उडेका थिए ।

ताइवानवारे मैले राष्ट्रपति सीसँग छलफल गरेको छु,’ बाइडेनले भने, ‘हामी ताइवान सम्झौताप्रति प्रतिबद्ध छौं ।’

ताइवानले आफ्नो सुरक्षा क्षेत्रमा १५० चिनियाँ जहाजले ताइवानी हवाई क्षेत्रको अतिक्रमण गरेकोे बताउँदै आएको छ । ताइवानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा ती जहाज उडाइएका थिए । ताइवानलाई बेइजिङले छुट्टिएर बसेको आफ्नै प्रान्त मान्छ । तर, ताइवानले आफूलाई सार्वभौम राष्ट्र ठान्छ ।

ताइवानको सुरक्षा क्षेत्रमा चीनको अतिक्रमणको अमेरिकाले बिरोध गरेको छ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस