Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारप्रधानमन्त्रीले भने–खोप नलगाएका कर्मचारी वेतलबी बिदामा बस्नू

प्रधानमन्त्रीले भने–खोप नलगाएका कर्मचारी वेतलबी बिदामा बस्नू


काठमाडौँ –

क्यानडाले खोप नलगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राख्ने भएको छ । सरकारले कोभिड खोपसम्बन्धी नयाँ व्यवस्था जारी गर्दै खोप नलगाउने सम्पूर्ण कर्मचारीलाई बिदामा राख्ने बताएको हो ।

त्यसैगरी, रेल र जहाजको सेवा लिन पनि अनिवार्य खोप लगाएको हुनुपर्ने प्रधानमन्त्री जस्टि ट्रुडोले बताएका छन् । नयाँ व्यवस्थाअनुसार अक्टोवर २९ सम्म संघीय कर्मचारीले आफूले पूर्ण खोप लगाएको प्रमाण पेस गर्नु पर्नेछ ।

त्यस्तै, रेल, विमान र पनडुब्बीमा काम गर्ने कर्मचारीले ३० अक्टोबरभित्र खोप लगाएको प्रमाण पेस गर्नुपर्नेछ । ‘संघीय कर्मचारीका लागि ल्याइएको नयाँ प्राबधान विश्वमा लागू गरिएका कडा नियममध्ये एक भएको प्रधानमन्त्री ट्रुडोले बताए ।

‘तपाईँले राम्रो काम गर्नुहुन्छ र खोप लगाउनु हुन्छ भने खोपबाट पनि सुरक्षित बन्नुहुन्छ,’ प्रधानमन्त्रीले भने । क्यानडमा संघीय सेवाका ३ लाख र संघीय मातहतका ९ लाख ५५ हजार कर्मचारी छन् ।

क्यानडामा ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् । खोप लगाउनेमा १२ वर्षसम्मका व्यक्ति छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस