Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअर्जेन्टिनाको ब्लान्सा शहरमा आगलागी हुँदा चार बालबालिकासहित सात जनाको मृत्यु

अर्जेन्टिनाको ब्लान्सा शहरमा आगलागी हुँदा चार बालबालिकासहित सात जनाको मृत्यु


काठमाडौँ –

अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परेर सात जनाको मृत्यु भएको छ ।एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरूको मृत्यु भएको हो ।

घरमा सुतिरहेका उनीहरूको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस