Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारआकाशे पुलमुनि फस्यो एयर इण्डियाको विमान (भिडियोसहित)

आकाशे पुलमुनि फस्यो एयर इण्डियाको विमान (भिडियोसहित)


भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन गुडेको देख्न सकिन्छ ।

दिल्लीका एक सञ्चारकर्मीले सामाजिक सञ्जाल ट्विटरमा राखेपछि सो भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै बिक्री भइसकेको सो विमानसँग कम्पनीको कुनै सरोकार नभएको जनाएको छ ।

‘यो एयर इन्डियाको दर्ता नभएको विमानको कप्टेरो हो, जसलाई कबाडीमा बिक्री गरिएको थियो । किन्ने पक्षले गत राती त्यसलाई लगेका थिए । जुनसुकै अवस्थामा भए पनि त्यसबारे एयर इन्डियाको कुनै सरोकार छैन,’ विज्ञप्तिमा भनिएको छ ।

दिल्ली विमानस्थलका अधिकारीहरुले सो विमान दिल्ली विमानस्थलमा नभएको पुष्टि गरेको भारतीय समाचार संस्था दी टाइम्स अफ इन्डियाले जनाएको छ । विमान लैजानले क्रममा चालकका लापरबाहीका कारण पुलमुनि अड्किएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

भिडियोलाई ट्विटर र सामाजिक सञ्जालमा हजारौं पटक हेरिएको छ । विमान कसरी पुलमुनि फँस्यो भन्दै सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले प्रश्न गरेका छन् । -एजेन्सी


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस