Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारभारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौँ

भारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौँ


भारतीय सेनाप्रमुख जनरल एमएम नरवणेले चीनसँग सीमा सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका छन् ।

बिहीबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित एक कार्यक्रममा बोल्दै नरवणेले दुई देशहरुबीचको सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका हुन् ।

अफगानिस्तानमा भएको पछिल्लो घटनाक्रममा पनि भारतीय सेनाले नजर राखेको उनले बताए । चीन र भारतको सीमा विवाद अझै जारी रहेको भन्दै आफूहरु जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको नरवणेले बताए ।

‘यस्ता घटनाहरु तबसम्म भइरहन्छन्, जबसम्म सीमा विवादको दीर्घकालीन समाधान हुँदैन । त्यसैले दुवै देशले सीमामा शान्ति कायम राख्न बलियो प्रयास गर्नुपर्छ’, उनले भनेका छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस