काँग्रेस महाधिवेशन तयारी तीव्र
काठमाडौँ
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो ।
महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्नका लागि प्रधानमन्त्रीसमेत रहे
गृहमन्त्री एवम् महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीपङ्क्ति खटिएको जानकारी दिए । उनले भने, “काँग्रेसका लागि यो एउटा उत्सव हो । देशभर १६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आउनुहुन्छ । उहाँहरूको भोजन तथा आवासको व्यवस्थापन आयोजक समितिले गर्छ । यसका लागि सबै तयारी भइरहेको छ ।”
खाणले महाधिवेशन प्रतिनिधिसँगै ७७ वटै जिल्लाबाट आउने पार्टी कार्यकर्ताको चापलाई व्यवस्थापन गर्न र आवश्यकताअनुसार सबै पूर्वाधार तयार गर्नकै लागि उपसमिति गठन गरिएको उल्लेख गरे । उनले भने, “सम्बन्धित उपसमितिले आवश्यक तयारी सुरु गरिसकेका छन् ।”
महाधिवेशन तयारी मूल समितिले कोरोना प्रकोपलाई दृष्टिगत गरी सुरक्षा मापदण्ड पालना गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाणले भने, “भीड जम्मा गर्न हुन्न । कुनै कार्यक्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्छ । त्यसैले आमन्त्रित र पार्टी कार्यकर्तालाई उत्साहित बनाउन प्रेरित गर्नेगरी सन्तुलन कायम गरिनेछ ।”
काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले महाधिवेशनका क्रममा सर्वसाधारणलाई हुन सक्ने असुविधालाई ध्यान दिइने बताइन् । महाधिवेशनका गतिविधिलाई व्यवस्थित रूपमा सम्प्रेषण गर्नेदेखि कार्यक्रम आयोजना हुने स्थान चुस्त बनाउनका लागि उपसमितिमार्फत काम भइरहेको उनले बताइन् । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले महाधिवेशन उद्घाटनपूर्व र महाधिवेशन पूर्ण रूपमा सम्पन्न नभएसम्मका गतिविधिलाई व्यवस्थित गर्न मूल समितिको ध्यान केन्द्रित भएको बताइन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस