गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशोरको सम्बन्धबाट जन्मिएको शिशु हत्या अभियोगमा पक्राउ श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशोरको सम्बन्धबाट जन्मिएको शिशु हत्या अभियोगमा पक्राउ दीप संञ्चार असोज १, २०७८ गते ७:२४ मा प्रकाशित काठमाडौँ –नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।माधवीले यही ६ भदौमा अवैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिने बितिक्कै घाँटी निमोठेर हत्या गरेकी थिइन् । त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको थियो ।महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीको अनुसन्धानपछि अदालतमा पेस गरिएको थियो । १० वर्षअघि वैदेशिक रोजगारीमा गएका माधवीका श्रीमान् उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ ।घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ । अवैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमति गरेका भएपनि ती किशोर हाल फरार रहेका छन् । माधवीको १३ वर्षीय एक छोरा पनि छन् ।राजधानी दैनिकमा समाचार प्रकाशित छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट