गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतमा ६ घण्टा बसेर के-के सम्झौता गरे पुटिनले ? भारतमा ६ घण्टा बसेर के-के सम्झौता गरे पुटिनले ? दीप संञ्चार मंसीर २१, २०७८ गते ६:५९ मा प्रकाशित काठमाडौँ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर भएको भारतले जनाएको छ ।भारतले यो भ्रमण ‘छोटो तर महत्वपूर्ण’ भएको बताएको छ ।रुसी राष्ट्रपति पुटिनले सोमबार भारत भ्रमण गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । यो भ्रमणमा उनी भारतमा मात्र ६ घण्टा बसे ।परराष्ट्र सचिव हर्षवर्धन श्रृङ्लाले राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच भएको कुराकानीको जानकारी दिए।परराष्ट्र सचिव श्रृङ्लाले भने, ‘राष्ट्रपति पुटिनको भ्रमण छोटो तर निकै महत्वपूर्ण र सम्बन्धलाई मजबुत बनाएको छ । यस क्रममा धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको थियो ।’उनले दुई देशका नेताबीच राम्रो छलफल भएको र त्यसमा द्विपक्षीय व्यापार र लगानीजस्ता विषयले विशेष स्थान पाएको बताए ।भ्रमणको महत्व बताउँदै उनले भने, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो वार्षिक सम्मेलनमा भाग लिने निर्णयले उनले द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको व्यक्तिगत सम्बन्धलाई कत्तिको महत्त्व दिन्छन् भन्ने देखाउँछ।’उनले भने, ‘प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई विशेष गरी कोभिडको समयमा रूसमा बस्ने भारतीय समुदायको हेरचाह गरेकोमा धन्यवाद दिए।’श्रृङ्लाले भारतले रुसको तेल र ग्यासलगायत पेट्रोकेमिकल क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट