गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीन र रुसमा फेरि बढ्यो कोरोना संक्रमण, डरलाग्दो अवस्था आउन सक्ने चेतावनी चीन र रुसमा फेरि बढ्यो कोरोना संक्रमण, डरलाग्दो अवस्था आउन सक्ने चेतावनी दीप संञ्चार कात्तिक ७, २०७८ गते ६:४४ मा प्रकाशित काठमाडौँ –चीन र रुसमा फेरि एकपटक कोरोना संक्रमित बढ्न थालेका छन् । चीनमा शनिबार कुल ३८ नयाँ कोरोना भाइरसका घटनाहरु रिपोर्ट गरिएका छन् भने रुसमा पछिल्लो २४ घण्टामा ३७६७८ नयाँ संक्रमण देखिएका छन्।जहाँ शनिबार रुसमा भाइरसका कारण १ हजार ७५ जनाको ज्यान गएको छ, जुन महामारीको समयमा एकै दिनमा सबैभन्दा धेरै हो ।चीनको राजधानी बेइजिङमा शनिबार जम्मा ९ जना कोरोना संक्रमित थिए, जसलाई ध्यानमा राखी अधिकारीहरुले अनुसन्धान बढाउने र होटलमा बुकिङ प्रतिबन्ध लगाउने कदम चालेका छन्।बेइजिङमा सङ्क्रमित भेटिएका पाँच व्यक्तिहरू अक्टोबर १२ देखि अक्टोबर १५ सम्म भित्री मङ्गोलिया स्वायत्त क्षेत्र, निङ्जिया हुई स्वायत्त क्षेत्र र साङ्सी प्रान्तको यात्रा गरी अक्टोबर १६ मा बेइजिङ फर्किएका थिए। शहरी स्वास्थ्य आयोगका अनुसार संक्रमित भेटिएका अर्का एक जना संक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए ।संक्रमणको मामलामा वृद्धिको पछाडि सांघाई बस्ने एक वृद्ध दम्पती जिम्मेवार छन् , जो सियान सहित धेरै शहरहरु गएका थिए र कोभिड -१९ बाट पीडित थिए। यसपछि अधिकारीहरूले दम्पतीको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्न थाले।तीन दिनभित्रै उनीसँग निकट सम्पर्कमा आएका सयौं व्यक्ति पत्ता लागेका थिए भने सँगै यात्रा गरेका पाँच जनामा पनि पछि संक्रमण देखिएको थियो ।हङकङको साउथ चाइना मर्निङ पोस्टको समाचार अनुसार यस अवधिमा धेरै सहरमा ठूलो मात्रामा अनुसन्धान गरिएको थियो । जहाँ जहाँ संक्रमित व्यक्ति गएका थिए, त्यहाँ चेकिङ कडा बनाइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप