गृहपृष्ठ ∕ घुमफिर ∕ सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा admin मंसीर ४, २०७५ गते ७:४२ मा प्रकाशित काठमाडौं – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका छन्। सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भारतमा भएको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन्। उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको उनले बताए। योगीले भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म आफैं पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्ने बताएका छन्। नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नुपर्ने बताए।भेटघाटमा महासंघकी अध्यक्ष राणाले दुई मुुलुकबीचका भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गरिन्। उनले नेपालका धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा सघाउन आग्रह गरिन्। ‘नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ,’ योगीसँगको भेटमा राणाले भनिन्, ‘दुई मुलुकबीच व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदानप्रदान हुन आवश्यक छ।’उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाबीच भेटवार्तानेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा उत्तर प्रदेश सरकारलाई सहयोग गर्न अध्यक्ष राणाले आग्रह गरिन्। नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा आउन र लगानीमा प्रोत्साहन गर्न उनले आह्वानसमेत गरिन्। दुई मुलुकबीच प्रसारण लाइन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्नेमा जोड दिएकी थिइन्। महासंघ अध्यक्ष राणाको नेतृत्वमा १८ सदस्यीय प्रतिनिधि मण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको हो। भेटमा उद्योग वाणिज्य संघका प्रदेश तथा जिल्ला अध्यक्षको पनि सहभागिता थियो।क्याटेगोरी : घुमफिर, विशेष रिपोर्ट, स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युकोरोनाको भयावह अवस्था : परीक्षण गरेकामध्ये आधामा संक्रमणएनआरएनएमा समस्याको जड:अरुलाइ आउनै नदिने, अर्को बन्न नपाइने, नागरिकता जसरी…पैसाको अभावले मुमाबडामहारानी रत्नको बिचल्ली, औषधि र पानीसमेत किनेर खान… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट कांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने प्रतिनिधि सभाको भोली बस्ने बैठकको कार्यसुचीमा एमसीसी पर्यो ? खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम खारेज गर्दै फ्रान्स एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे शनिवार गोष्ठी गर्दै कमल थापाले छोडे राप्रपा ! एकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्यु युक्रेन तनाव : मस्को र वासिङ्टनमा वार्ता, महत्त्वपूर्ण रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु