गृहपृष्ठ ∕ घुमफिर ∕ सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा admin मंसीर ४, २०७५ गते ७:४२ मा प्रकाशित काठमाडौं – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका छन्। सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भारतमा भएको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन्। उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको उनले बताए। योगीले भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म आफैं पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्ने बताएका छन्। नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नुपर्ने बताए।भेटघाटमा महासंघकी अध्यक्ष राणाले दुई मुुलुकबीचका भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गरिन्। उनले नेपालका धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा सघाउन आग्रह गरिन्। ‘नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ,’ योगीसँगको भेटमा राणाले भनिन्, ‘दुई मुलुकबीच व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदानप्रदान हुन आवश्यक छ।’उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाबीच भेटवार्तानेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा उत्तर प्रदेश सरकारलाई सहयोग गर्न अध्यक्ष राणाले आग्रह गरिन्। नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा आउन र लगानीमा प्रोत्साहन गर्न उनले आह्वानसमेत गरिन्। दुई मुलुकबीच प्रसारण लाइन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्नेमा जोड दिएकी थिइन्। महासंघ अध्यक्ष राणाको नेतृत्वमा १८ सदस्यीय प्रतिनिधि मण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको हो। भेटमा उद्योग वाणिज्य संघका प्रदेश तथा जिल्ला अध्यक्षको पनि सहभागिता थियो।क्याटेगोरी : घुमफिर, विशेष रिपोर्ट, स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’यस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल