Techie IT
×
गृहपृष्ठराजनीतिविप्लव अपडेट: सुनसान बन्दै मगराइना गाउँ

विप्लव अपडेट: सुनसान बन्दै मगराइना गाउँ


दाङ,  नेत्र विक्रम चन्द विप्लव नेतृत्वका उच्च तहका नेता दाङमा पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ मगराइना गाउँ स्थित ज्ञानेन्द्र रानाको घरबाट प्रहरीले २१ जना विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ गरेको हो ।

नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलाको जंगलमा राती बैठक भइरहेको सूचनाको आधारमा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले जानकारी दिए ।

बैठक भइरहेको सुचनाका आधारमा जिल्लाबाट नै टोली पठाएर पक्राउ गरिएको हो, शाहीले बताए । केन्द्रिय स्तरकै नेताहरु प्रक्राउ परेको भन्दै डिएसपी शाहीले पक्राउ परेकाहरुबारे जानकारी संकलन गरिहेको बताएका छन् ।

जिल्लाबाट खटिएको टोलीले मध्यराती बैठक स्थल नै कब्जा गरी नेताहरुलाई प्रक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिरजङ्ग भनिने चन्द्र बहादुर चन्द रहेका छन् । उनी केन्द्रिय सदस्य तथा लुम्बीनी ब्युरो इन्चार्ज एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज हुन् ।

त्यस्तै राप्ती ब्युरो इन्चार्ज सुभाष भनिने केशव बहादुर बाठामगर, राप्ती व्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक सुन्दर भनिने रामवहादुर थापा, राप्ती व्युरो कार्यालय सचिव सविन पोख्रेल, विक्रम भनिने जिल्ला इन्चार्ज यमलाल कटुवाल र जिल्ला सचिव प्रदीप ओली पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा पाटन जंगली भनी चिनीने यूवा संगठन नेपालका केन्द्रिय अध्यक्ष बबिन के.सी, बुद्धिजिवी संगठनका सुनिल पौडेल, एरिया नम्बर ४ का इन्चार्ज एवं जिल्ला जनपरिषद सदस्य एकराज चौधरी, महान भनेर चिनिने एरिया नम्बर १ का इन्चार्ज राजपुर गाउँपालिका सचिव धनवहादुर बोहोरा र पूर्व जनमुक्ती सेना तिलक पुन रहेका छन् ।

सोही बैठकबाट नै दसलत राष्ट्रिय मुक्ती मोर्चा जिल्ला अध्यक्ष सुरज विक, पार्टी सदस्य हितप्रसाद रोका, रोल्पा जिल्लाका पोष्टमान घर्ती तथा अन्य कार्यकर्ताहरु कुलवहादुर ओली, विष्णु थापा,रमेश आचार्य, जित क्षेत्री, दलवहादुर खत्री र बालकृष्ण शर्मा पनि पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा पुर्याएको प्रहरीले जनाएको छ । उच्च सुरक्षा बीच पक्राउ परेको नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । बैठक स्थलबाट हातहतियार । विफोटक पदार्थ समेत बरामद गरिएको बताइएको छ ।

रानाको घरमा विप्लवको भण्डारा :
विप्लव नेतृत्वका उच्त तहका नेताहरु ज्ञानेन्द्र विक्रम रानाको घरमा मेस संचालन गरेका थिए । २९ गते राती विप्लव नेतृत्वका उच्च तहका नेताहरुले रानाको घरमा मेस संचालन गरि खाना खाएर बास बसेको रानाको श्रीमती सोभा रानाले बताईन ।

‘गएको बुधवार राती विप्लव नेतृत्वका उच्च तहका नेताहरु मेरो घरमा आएर मेस संचालन गरेका थिए, उनीहरुले २९ गते राति खसिकाटेर भण्डारा लगाएका थिए ।’ रानाले दीप संचार कुरा गर्दै थपिन्, ‘विप्लवका कार्यकर्ता तथा नेताहरू गाउँमा पहिला देखि नै चार पाँच जनाको संख्यामा आउने जाने गर्थे तर, यसरी ठूलो संख्यामा गाउँमा छिरेको पहिलो पटक हो ।’

रानाको श्रीमान् ज्ञानेन्द्र विक्रम राना वैदेशिक रोजगारको सिलसिलामा साउदी छन् । घरमा राना र उनको छोरा मात्र बस्ने गर्दछन । विप्लव नेतृत्वका नेताहरुले उनको घरमा मेस संचालन गर्ने र आश्रय लिने गरेका थिए । नेताहरु उनको घरमा आश्रय लिन थालेपछि राना र उनको छोरालाई देवर गोपाल रानाको घरमा आश्रय लिनु पर्ने बध्याता थियो ।

भिमबहादुर नेपालीको घरमा बैठक :
विप्लव नेतृत्वका  तहका नेताहरुले भिमबहादुर नेपालीको घरमा बैठक बसेका थिए ।

असोज २९ गते राती नेपाली घरमा नभएको बेलामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वका उच्त तहका नेताहरु बैठक बसेका थिए । नेपालीले भने, ‘म २७ गते विहानै दाङको तुलसिपुरमा पाईल्सको उपचारको लागि गएको थिएँ । घरमा कोही नभएको मौका छोपी २९ गते राति १० बजे खाना खाएर मेरै घरमा बैठक बसेका रहेछन्।’

नेपालीले गाउँमा सिलाई कटाईको काम गरेर जिबिकोपार्जन गर्दै आएका छन्  ।

वर्षौ देखि मगराइना गाउँमा विप्लवको बैठक :
विप्लव नेतृत्वका उच्च तहका नेताहरुले वर्षौ अगाडि देखि मगराइना गाउँमा बैठक बस्दै र कार्यक्रमहरु गर्दै आएको स्थानिय भिउसन वलिले वताए ।

दीप संचार मिडियासङ्ग कुरा गर्दै वलीले भने, ‘पहिला-पहिला गाउँमा चार पाँच जना मात्रै विप्लव नेतृत्वका उच्च तहका नेताहरु आउने, बैठक गर्ने र फर्किने गरेका थिए तर यसरी ठूलो संख्यामा विप्लव नेतृत्वका उच्च  तहका नेताहरु गाउँमा पहिलो पटक आएका हुन् ।’

पूर्वमा करङ्गाखोला गाउँ र पश्चिमा महतिनिया खोला गाउँ स्थित विचमा मुङग्रेठाखोला गाउँ देखि माथि जम्मा ७ घरधुरी संख्या रहेको मगराईना गाउँमा विप्लव नेतृत्वका उच्च तहका नेताहरुले पहिलै देखि बैठक तथा कार्यक्रमहरु गर्दै आएका थिए ।

सुनसान बन्दै, मगराइना गाउँ:
विप्लव नेतृत्वका उच्च तहका नेताहरु मगराइना गाउँबाट पक्राउ परेदेखि गाउँमा डर पैदा हुँदै गएको छ ।

जम्मा सात घरधुरी संख्या रहेको मगराइना गाउँमा अहिले स्थानियहरु कोही पनि देखिदैनन् । गाउँका प्रत्येक घरमा ढोका लागेको छ । विप्लव नेतृत्वका उच्च तहका नेताहरुलाई प्रहरीले पक्राउ गरेदेखि गाउँ सुनसान हुँदै गएको छ।

गाउँमा विप्लवको ठूलो त्रास फैलिएको छ । गाउँमा कोही अपरिचित मन्छे देखेे भने स्थानियहरुले दिउँसै ढोका बन्द गरेर बस्ने गरेका छन् ।

मगराइना गाउँ जाने बाटो

क्याटेगोरी : राजनीति, विशेष रिपोर्ट
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस