दाङ क्षेत्र नम्बर १ (२)मा खड्का निर्वाचित, निवर्तमान मेयर खत्री फराकिलो मतले पराजित
खड्का बने लुम्बिनी प्रदेशका कान्छा सांसाद
दाङ – दाङ क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार अनुराग खड्का निर्वाचित भएका छन्।
खड्काले उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कुल बहादुर खत्रीलाई ३ हजार ५२ फराकिलो मतको अन्तरले पराजित गरेका छन ।
कुल ३८ हजार ५ सय ९२ खसेको मत मध्य खड्काले १६ हजार २ सय २२ मत प्राप्त गरेका थिए भने खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरेका थिए ।
लमही नगरपालिकाका निवर्तमान मेयर खत्रीलाई २८ वर्षीय खड्काले पराजित गरे संगै लुम्बिनीका कान्छा प्रदेश सभा सांसद बनेका हुन् ।
पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय खुम बहादुर खड्काका एक मात्र पुत्र खड्काले आफ्नोअनुराग खुमबहादुर खड्काका छोरा हुन्। बुबाको निधनपछि अनुराग राजनीतिमा लागेका थिए। बुबाकै योगदानको जगमा उनले चुनाव जितेका भए पनि उनी राजनीतिक विरासतबाट मात्रै नभई एक सक्षम र राजनीतिक उच्च चेतनाका कारण छोटो समयमा लोकप्रियता पाएका हुन् ।
बुबाको १३ औंको पून्य तिथिको समयमा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अनुरागले आफू राजनीतिमा सक्रिय हुने घोषणा गरेका थिए। खड्काले आफू राजनीतिलाई नियाली रहेको र आफ्नो बेलायतको अध्ययनलाई सकाएर अब राजनीतिमा सकृय रहने बताएका थिए ।
कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य खड्काले पुख्यौली गाउँमा घरसमेत बनाएका छन्। पुरानो घर द्वन्द्वकालमा माओवादीले बम हानेर ध्वस्त बनाइदिएको थियो। अहिले त्यही नयाँ घरबाट उनले राजनीतिक भेटघाट गर्ने गर्छन्।
महाधिवेशन प्रतिनिधिमा उनले धेरै मत ल्याएका खड्कालाई टिकट दिलाउन उनकी आमा शिला शर्मा खड्काले पहल गरेकी थिइन्। यो सफलता संगै खड्का लुम्बिनी प्रदेश सभामा कान्छो सदस्य भएका छन् ।
जितपछि खड्काले आफ्नो बुबाका अपूरा सपना साकार पार्ने, समग्र जिल्लाका विकास निर्माणलगायतमा आफूले प्राथमिकताका साथ काम गर्ने बताए ।
क्याटेगोरी : राजनीति, विशेष रिपोर्ट
ट्याग : #breaking, #hot, #निर्वाचन २०७९
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस