गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ एन आर एन ए दक्षिण कोरियाको ८ औँ कार्यसमिति चयन, अध्यक्षमा दीपक पुन मगर (नामावलीसहित) एन आर एन ए दक्षिण कोरियाको ८ औँ कार्यसमिति चयन, अध्यक्षमा दीपक पुन मगर (नामावलीसहित) सन्तोष खड्का साउन १३, २०७८ गते २३:०२ मा प्रकाशित सौल, दक्षिण कोरिया –गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको( NRNA KOREA-NCC) आठौँ महाधिवेशनबाट सचिव बाहेकका आई.सि.सि सदस्य,अध्यक्ष लगायतका सम्पूर्ण पदाधिकारीहरु सर्बसहमतिले निर्बाचित भएका छन् भने सचिब पदमा कडा प्रतिस्पर्धाका बिच परि गुरुङले बाजी मारेकी छन्। प्रतिस्पर्धामा हरि प्रसाद भट्टराई, राजकुमार राई( राजु) र परि गुरुङ उत्रिएका थिए।अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको( NRNA KOREA-NCC) आठौँ महाधिवेशनबाट आई.सि.सि सदस्यहरूमा सोम लामा र डा. बिमल सुवेदी, अध्यक्षमा दिपक पुन मगर, वरिष्ठ उपाध्यक्षमा सन्जिव कुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षमा मनोज गौतम र किरण अधिकारी महासचिवमा रोशन भट्टराई, सचिवमा सिरी सत्याल र परि गुरुङ कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया एंव सदस्यहरुमा डा.रोशन शर्मा, सन्तोष खड्का, रमेश थापा मगर, गंगा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धि प्रसाद नेपाल र गम्भिर मान श्रेष्ठ निर्वाचित भएका छन्।निर्वाचित पदाधिकारीहरू बिभिन्न क्षेत्रका बिज्ञ एंब दक्षिण कोरियामा अति सकृय सामाजिक अभियान्ता समेत भएका साथै निर्बाचित पदाधिकारीहरूमा महिलाको सहभागीता अत्यन्तै उत्साहजनक हुनुले अब एन आर एन ए दक्षिण कोरियाको आठौँ कार्यसमितिले नयाँ इतिहास रच्नेमा कुनै शङ्का नभएको जानकारहरू बताउँछन्। आठौँ कार्य समितिका पदाधिकारीहरुलाई यही आउँदो शनिवार जुम मार्फत सपथ ग्रहण गराउन लागिएको निर्बाचनमा मण्डलले बताएको छ।क्याटेगोरी : विशेष रिपोर्ट, समाचार, एसियाट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल