गृहपृष्ठ ∕ समाज ∕ मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाबाट आर्थिक सहयोग हस्तान्तरण मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाबाट आर्थिक सहयोग हस्तान्तरण सुर्य बहादुर खवास फागुन २, २०७७ गते २२:३० मा प्रकाशित हल्दिबारी- वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिवारी-३ की मिर्गौला रोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य राष्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले सामाजिक उत्तरदायित्व बहन गरेर झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग संकलन गरी हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला बस्नेतले जानकारी दिएकी छन् ।झापा जिल्ला हल्दिवारी -३ निवासी मृगौला रोगी मन्जु ठकुरीको उपचारका लागि सहयोग गर्न वडाध्यक्ष रोशन शिवाकोटीले पत्राचार गरेपछि माल्टामा कार्यरत ३५ जना दाताहरूबाट संकलित रकम ९० हजार नेपाली रुपैयाँ संकलन गरिएको संयोजक बस्नेतले बताएकी छन् ।फागुन २ गते आइतबार झापाली समाज माल्टाका प्रतिनिधि एगराज राउतले पीडित बिरामीको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् ।सहयोग रकम बुझदै पीडित ठकुरीले झापाली समाज माल्टा र सहयोगी दाताहरु सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदानऔषधि व्यवसायी संघद्वारा राहत बितरणदुध र तरकारी पाईने भुषालको “भुषाल कृषि फर्म”स्थानिय सरोकारवालासंग समन्वय गर्नु पर्छ —संस्थापक अध्यक्ष शाह धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु