Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङको रिहारमा ऐतिहासिक महत्व बोकेको ढुंगा राता-रात हरायो

दाङको रिहारमा ऐतिहासिक महत्व बोकेको ढुंगा राता-रात हरायो



देउखुरी दाङ, दाङकै प्रसिद्द धार्मिक स्थल बगारबाबा मन्दिरमा रहेको ऐतिहासिक ढुंगा राता-रात हराएको छ । दाङ देउखुरी स्थित पर्यटकिय स्थल रिहारमा रहेको उक्त ढुंगा कुन दिन हरायो भन्ने बारे न मन्दिरका पुजारीलाई थाह छ न धार्मिक बिकास समितिलाई । ऐतिहासिक महत्व बोकेको उक्त ढुंगा एकाएक हराउदा स्थानिय आश्चर्यमा परेका छन् । भने व्यवस्थापन प्रति रुष्ठ भएका छन् ।

ढुंगा रहेको प्रसिद्ध बगार बाबा मन्दिर

लमही नगर पालिका वडा न ९ अन्तर्गत पूर्व पश्चिम राजमार्गको दक्षिण तर्फ रहेको बगार बाबा मन्दिरमा बर्षौ देखि राखेको उक्त ढुंगा हराउदा धार्मिक बिकास समितिको चरम लापरबाही देखिएको छ । रिहार धामले थुप्रै विशेषता बोकेको किम्बदन्ती रहेको स्थानीयको भनाई छ ।

पौषको अन्तिम साता देखि रिहार क्षेत्रमा आन्तरिक एवं भारतिय पर्यटकको हजारौंको संख्यामा उपस्थिति हुने गर्दछ भने पौष मसान्त देखि झण्डै एक साता सम्म माघे संक्रान्ति अवसर पारी ठूलो मेला लाग्ने गर्दछ । यति लामों समय सम्म चल्ने नेपालकै एक मात्र यस स्थलमा तप्त कुण्ड, जहाँ पौराणिक कालमा रुमालमा चामाल बाँधेर तालमा ढुबाउदा भात जस्तै पाकेको किम्बदन्ती छ त्यस्तै मामा भान्जीको मन्दिरको पनि आफ्नै बिशेषता रहेको छ जस्तै रिहारको गौ चरणमा गाइ चराउन गएको समय मामाले भान्जीलाई अपशब्द बोलेकोले दुवै जना सोहि ठाउमा ओलप्पिएको (बिलिन भएको) पौराणिक कथन छ । दर्शन गर्न आउने भारतीय तिर्थालुहरुले भारत फर्किदा प्रसादका रुपमा माटो (घ्यु खानी माटो) लगेर जाने गर्दछन ।

यस क्षेत्रमा रहेका अन्य मठ मन्दिरहरुको पनि आ-आफ्नै महत्व रहेको छ । रिहार धाममा आउने आगन्तुकले बगार बाबा मन्दिर, मामा भैने मन्दिर, तप्त कुण्डमा पुजापाठ गर्ने, नुहाउने गर्दछन र फर्किदा बगार बाबा मन्दिरमा रहेको उक्त ढुंगा उचालेर काधमा राख्दै मन्दिर परिक्रमा गर्ने गर्दछन । प्राय जसो भारतीयहरु त्यहि ढुंगा उचाल्न र मनोकांक्षा पुरा होस् भन्ने उद्देश्यले आउने गरेको बताउछन ।

लमही नगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीले बाहिरको मान्छेले नभएर स्थानिय प्रशासन र स्थानिय सरकारलाई दबाब र तनाब दिने उद्देश्यले यस्तो गरिएको हुन सक्ने बताउछन् । धार्मिक स्थलमा राखिएको ढुंगा के कति कारणले उठाईएको हो प्रशासन लगाएर खोजबिन गरिने र पत्ता लागे कानुन अनुसार कारबाही गरिने वडाध्यक्ष केसीको भनाई छ।

धार्मिक संस्था नै अबैधानिक :
बगारबाबा धार्मिक बिकास समिति अबैधानिक रुपले संचालन भैरहेको छ । लामो समय देखि बगार बाबा धार्मिक बिकास समितिको साधारण सभा समेत बस्न सकेको छैन । बगार बाबा धार्मिक बिकास समितिका अध्यक्ष मेघ सिङ्ग पछाईको मनोमानी काम गर्ने र आर्थिक कारोबार प्रस्ट नहुँदा साधारण सभा बस्न नसकेको स्थानिय खिम बहादुर केसीको भनाई छ । स्थानिय सरकार आउनु अघि रिहार धाममा लगाईने मेलाको समेत लेखाजोखा नहुने, मेला लाग्ने सिजन आए पछि मात्र चासो दिने र मेला महोत्सव सकिए पछि संस्थाको कुनै चासो नराख्ने गरेको पाईएको छ । बर्षौ देखि धार्मिक विकास समितिको आयव्यय लुकाउने गरेको स्थानियहरुले आक्रोश पूर्ण अभिव्यक्ति राख्दै प्रशासनकै अघिबाट पौराणिक महत्व बोकेको ढुंगा हराउनु सुरक्षालाई चुनौती भएको बताएका छन्  । ‘हामी यहीं पौराणिक महत्व बोकेको पवित्र स्थलमा हुर्के बढेका हौं, यहाँको माटो, पानी र सम्पदासंग हाम्रो नाता जोडिएको छ,’ भन्दै  एक स्थानियले कारुनिक रुपमा भन्दै थिईन, ‘यो ढुङ्गा, ढुङगा थिएन, हाम्रो पहिचान थियो बाबु ।’

भगवान बस्ने मन्दिर नै जिर्ण अबस्थामा :
ऐतिहासिक महत्व झल्काउने मठ मन्दिरहरुको राम्रो सम्भार नहुँदा जिर्ण बन्दै गएका छन् । मन्दिरका न ढोका राम्रा छन् न झ्याल नै । पानी पर्दा समेत ओत लाग्न नमिल्ने गरि मन्दिरका जस्ता पाता चुहिने भएका छन् । मेला बाट भएको आम्दानी कहाँ जान्छ के मा खर्च हुन्छ त्यो कुराको कसैलाई पनि जानकारी छैन ।

यता ढुंगा हराएको बिषयमा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालका अनुसार गलत भएको बताएका छन् । धार्मिक बिकास समितिका अध्यक्ष मेघ सिङ्ग पछाईले आफुले शुरुवात गरेको संस्था भनेर आफु खुसि काम गर्ने र स्थानिय सरकारले आफ्नो मातहतमा ल्याउन खोज्दा बिबाद भएको प्रमुख जिल्ला अधिकारि रिजालले बताए । रिजालका अनुसार दुवै पक्षलाई सिडियो कार्यालयमा बोलाएर छलफल गराए पनि सहमति हुन सकेन । समितिले हरेक दुई बर्ष भित्र साधारण सभा बोलाउने, अडिट गर्ने बिधानमा उल्लेख गरेका छन् तर बिधान सम्बत उनीहरुले काम नगरेको रिजालले बताए । रिजालले दीप सञ्चार मिडीयासंग कुरा गर्दै धार्मिक संस्थाको आर्थिक हिनामिना भएको यहाँका स्थानीयले निबेदन दिए जिल्ला प्रसाशन कार्यालयबाट अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउने बताए ।


क्याटेगोरी : समाज, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस